FAQs Complain Problems

फोटो ग्यालरी

रत्ननगर । रत्ननगरमा दादुरा–रूबेलाविरूद्धको खोप अभियान सुरू भएको छ । सरकारी अभियानअन्तर्गत सो नगरमा मंगलबारदेखि बालबालिकालाई दादुरा–रूबेलाविरूद्धको खोप लगाउन सुरू गरिएको हो ।

३० गतेसम्म चल्ने सो अभियानअन्तर्गत नगरभित्रका नौ महिनामाथि र १५ वर्षमुनिका २५ हजार ७०० बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।

नेपाल माविमा आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगरका मेयर प्रलाद सापकोटाले खोप अभियानको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले नगरभित्रका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने भन्दै सतर्क भएर अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार चनाखो रहेको भन्दै उनले

स्वास्थ्य बिमामा अनुदान, उपचारकोष स्थापना तथा अस्पतालहरुमा छूटसम्बन्धी सम्झौता गरिएको बताए ।
बालबालिकालाई खोप लगाउन रत्ननगरमा ४६ स्कुल, १६ वटा स्वास्थ्य संस्था गरी ६२ वटा खोप केन्द्र स्थापना गरिएको छ ।

त्यसका लागि २२० स्वास्थ्यकर्मी र ३३० जना स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।
वडा नं–२ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

Pages