रत्ननगर , पौष ११
नगरस्तरिय ज्येष्ठ नागरिक समन्वय समिति रत्ननगर पुनर्गठन गरिएको छ । बुधबार रत्ननगर नगरपालिकाको सभाहलमा ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजीत कार्यक्रममा छविलाल घिमिरेको अध्यक्षतामा १७ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा घेगिया थरुनी, सचिवमा भुवनलाल जोशी, सह सचिवमा सिताराम घिमिरे, कोषाध्यक्ष शिव प्रसाद आचार्य रहेका छन् । समितिको सदस्यहरूमा कपिलामणी पौडेल, नारायण प्रसाद श्रेष्ठ, गोकर्ण अधिकारी, विनोद प्रसाद रिजाल, फोहोरी थरुनी महतो, गोविन्द प्रसाद पाण्डे, भैरव बहादुर पौडेल, कृष्ण प्रसाद पोखरेल, झगलाल गैरे, मन कुमारी मगर, राम बहादुर गुरुङ्ग र प्रेम बहादुर रोका रहेका छन् । कार्यक्रममा नयाँ समितिलाई निवर्तमान भएका अध्यक्ष गोकुलदास श्रेष्ठले बधाई तथा शुभकामना दिंदै समितिका सबैलाई ज्येष्ठ नागरिकको हितमा रहेर कार्य गर्न सुझाब दिए ।