रत्ननगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता बिकास र प्रशिक्षण कार्यक्रम
मिति:- २०८२ मङ्सिर २२ देखि २४ सम्म
स्थान:- रत्ननगर नगरपालिकाको सभा हल
रत्ननगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता बिकास र प्रशिक्षण कार्यक्रम
मिति:- २०८२ मङ्सिर २२ देखि २४ सम्म
स्थान:- रत्ननगर नगरपालिकाको सभा हल
बर्दघाट नगरपालिका, नवलपुरबाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल र राक्सिराङ्ग गाउँपालिका, मकवानपुरबाट सरुवा भई आउनुभएका लेखा अधिकृत प्रदिप पौडेल सरहरुलाई स्वागत कार्यक्रम साथै १७ औं नगरसभाबाट पारित बार्षिक नगर विकास याेजना पुस्तिका आर्थिक बर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम बजेट याेजना र बजेट पुस्तक लाेकार्पण कार्यक्रम।
नगर भित्र शान्ति सुरक्षा कार्यमा सहजिकरण होस् भन्ने हेतुले रत्ननगर नगरपालिकाले इलाका प्रहरी कार्यालय टाँडीलाई ३ थान पल्सर १२५ सिसिको मोटरसाइकल वितरण गरेको छ।। आज नगरपालिकामा आयोजित एक कार्यक्रममा मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै मेयर प्रलाद सापकोटाले जनताको शान्ति सुरक्षाको जिम्मा लिएको इलाका प्रहरी कार्यालयलाई सवारी साधन अभाव नहोस् भनेर मोटरसाईकल वितरण गरेको जानकारी दिनुभएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिकाले कृषिसँग नगरप्रमुख कार्यक्रम २०८१–८२ अन्तर्गत अनुदानमा ई–रिक्सा हस्तान्तरण गरेको छ । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगर–१५ शीतल चोक निवासी अपाङ्गता भएका विपन्न राजकुमार विकलाई अनुदानमा ई–रिक्सा प्रदान गरेका हुन् । १३ वर्षअगाडि करेन्ट लागेर बायाँ हात गुमाएका राजकुमारले नगरप्रमुखसँग कृत्रिम हात सहयोग मागेका थिए । उनको याचना तत्कालै नगरप्रमुख प्रलाद सापकोटाले पूरा गरेका थिए । कृत्रिम हात जडान भएपछि पनि पाँच जनाको परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा आयो । तरकारी बैच्दै आएका उनले ई–रिक्सा भए जीविकोपार्जन गरी परिवार पाल्न सहज हुने भन्दै सहयोग गरिदिन नगरप्रमुखसमक्ष निवेदन गरे । विपन्न, अपाङ्गता भएका र उद्यम गरिखाने वर्गका लागि नगरपालिका साथसाथै रहेको नगरप्रमुखले बताएपछि राजकुमारले तीन लाख रुपैयाँमा ई–रिक्सा खरिद गरेका हुन् । जसमध्ये ७० प्रतिशत अर्थात् दुई लाख १० हजार रुपैयाँ कृषिसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत अनुदान दिइएको हो भने तीन प्रतिशत अर्थात् ९० हजार रुपैयाँ राजकुमारले व्यहोरेका हुन् । अनुदानमा ई–रिक्सा पाएपछि खुसी हुँदै राजकुमारले भने, ‘गरिब र विपन्नका लागि स्थानीय सरकार रहेको अनुभूति भएको छ । मेयर साब साच्चै विपन्नको अभिभावक बन्नु भएको छ । म मेयर साबलगायत रत्ननगर नगरपालिका परिवारप्रति धन्यवाद दिन चाहन्छु । नगरप्रमुख सापकोटाले राजकुमारलाई पान नम्बर लिएर वैधानिकरुपमा व्यापार गर्न सुझाव दिँदै कृषिसँग जोडिएर उद्यमी बन्न चाहने नगरवासीका लागि नगरपालिकाले प्रोत्साहन गर्ने बताए । ई–रिक्सा हस्तान्तरण कार्यक्रममा आर्थिक विकास समितिका संयोजक कलाधर पौडेल, रत्ननगर १५ का वडा सदस्य शिव तिवारी र कृषि अधिकृत संयोग पौडेल लगायतको सहभागिता रहेको थियो ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत रत्ननगर–६ मा रहेको बछौली माविमा प्राविधिक कलेज सञ्चालनका लागि भवन निर्माण शिलान्यास गरिएको छ । १२ कोठा रहने तीनतले भवनको शिलान्यास भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले संयुक्तरूपमा गरेका हुन् । भवन शिलान्यासपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीनाले भारत सरकारको तीन करोड रुपैयाँ बढी लागत साझेदारीमा विद्यालय भवन निर्माण हुन लागेको र यसले बछौली माविको शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भारत सरकारले सामुदायिक विकास परियोजना (एचआइसिडिपिएस)अन्तर्गत स्कुल, कलेज, अस्पताल, स्वास्थ्यचौकी, पुस्तकालय, नदी तटबन्ध, एम्बुलेन्स, स्कुल बसजस्ता सहयोग परियोजनाहरु उपहारस्वरुप प्रदान गर्दै आएको जानकारी दिए ।