FAQs Complain Problems

फोटो ग्यालरी

मिति २०८१/१२/१५ र १६ गते रत्ननगर नगरपालिकाको सुशासन समिति र विधायन समितिको आयोजनामा रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्यज्युहरु, सुशासन समिति, लेखा समिति, विधायन समिति, विषयगत शाखा प्रमुखहरु र वडा सचिवहरुका लागि कानून निर्माण सम्बन्धी प्रकिया, सार्वजनिक सेवा प्रवाह र खरिद प्रक्रिया सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
स्थान : होटल दरबार, बन्दीपुर, तनहुँ ।

, , , , , , , , , , ,

रत्ननगर । रत्ननगरका एकल महिलालाई कानुनी सचेतना र साइबर अपराधसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

नगरस्तरीय एकल महिला समन्वय समितिको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा सोमबार एकल महिलाहरुका लागि कानुनी सचेतना, सकारात्मक सोच र साइबर अपराधसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नगरस्तरिय एकल महिला समन्वय समिति सचिव तथा योग प्रशिक्षक गीता अधिकारीले सकारात्मक सोच, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायक निरीक्षक गोविन्द परियारले साइबर अपराध र नेपाल बार एसोसिएसन चितवन अध्यक्ष तथा वरिष्ठ महिला अधिकारकर्मी अधिवक्ता फूलमाया रानाभाटले कानुनी सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए ।

महिला समन्वय समितिकी संयोजक गीता देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, महिला विकास अधिकृत दीपा घिमिरे, नगरस्तरीय लक्षित महिला व्यवस्थापन समिति सदस्य नीता ढकाल, मेलमिलाप रत्ननगरकी कोषाध्यक्ष अनिता अर्याल, कार्यपालिका सदस्य चन्द्रकला पनेरु, जनप्रतिनिधि रमा भट्टराई, शारदा न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम नगरस्तरीय एकल महिला समन्वय समितिका कोषाध्यक्ष एलिना पराजुलीले सञ्चालन गरेकी थिइन् ।

रत्ननगर । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा बैंकसँग सामाजिक सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १६ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण, मृत्युपछिको रकम फिर्ता, सामाजिक उत्तरदायित्वलगायत अन्य प्राविधिक तथा कानुनी समस्याका विषयमा जनप्रतिनिधि, वडा सचिव र बैंकहरुबीच अन्तक्र्रिया गरिएको हो ।

कार्यक्रममा १६ वटै वडाका वडाध्यक्ष, सचिव तथा १२ वटा बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रको सहजीकरण सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख रामप्रसाद बस्ताकोटीले गरेका थिए ।

रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिक बाहेक अपांगता भएकाहरुलाई सहायता सामाग्रीहरु प्रदान गर्ने उद्देश्यले आवाह्न गरेअनुरुप वडा नं १४ का खुन्त्त बहादुर अधिकारी र राजेश पुडासैनी, वडा नं १३ का अम्बर बहादुर थापा र सुनिता देवकोटा, वडा नं ७ का शिवराज माझी र दिवसलाई व्हिल चियर र वडा नं १० का सुदीप सिम्खडालाई श्रवण यन्त्र (हेयरिङ एड) वितरण गरिएको

, ,

रत्ननगर नगरपालिका २८ औं स्थापना दिवसको अवसरमा विभिन्न विधाहरुमा उल्लेखनिय कार्य सम्पादन गर्नुहुने निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा सामाजिक व्यक्त्तित्वहरुलाई पुरष्कृत गर्दै सास्कृतिक नृत्य बाजा गाजा सहित मनाईयो ।

, , , , , , , , , , ,

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा मेयर सापकोटाले खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयरकप आयोजना गरिएको बताए ।

रत्ननगरका उपमेयर यादव प्रसाद पाठकले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा कालिकाका मेयर विनोद रेग्मी, खैरहनीका मेयर शशीकुमार खनिया, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल उपस्थित थिए । मेयर कपको पहिलो खेलमा कालिका नगरपालिका विजयी भएको छ । आयोजक रत्ननगर नगरपालिकालाई ट्राइबे्रकरका आधारमा ४ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै कालिका नगरपालिका विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट एकएक गोलको बराबरी भएपछि खेल ट्राइबे्रकर पुगेको थियो । प्रतियोगिताबाट आयोजक रत्ननगर नगरपालिका बाहिरिएको छ । 

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेश्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । नेपाल माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा चितवनका सात पालिका सहित हेटौडा उपमहानगरपालिका, मनहरी गाँउपालिका र गैडाकोट नगरपालिका गरी १० वटा टिमले प्रतिस्पर्धा गर्ने संयोजक चौधरीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितिय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई २ हजार ५०० र प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उनले जानकारी दिए ।

, , , , , , , , ,

उपभोक्ता समिति तथा टोल बिकास संस्थालाई योजना संचालन सम्बन्धि एक (१) दिने तालिम कार्यक्रम अन्तर्गत आज वडा नं ३ मा ।

, , , , , , , , , , , ,

Pages