चितवन अन्तरपालिका दोस्रो मयर कप फुटबल प्रतियोगिता - २०८० फाइनल खेल बिजेता माडी नगरपालिका भएको छ । रत्ननगर नगरपालिका उपबिजेता भएको छ।
माडी नगरपालिका Vs रत्ननगर नगरपालिका
माडी १ गोल, रत्ननगर ० ।
चितवन अन्तरपालिका दोस्रो मयर कप फुटबल प्रतियोगिता - २०८० फाइनल खेल बिजेता माडी नगरपालिका भएको छ । रत्ननगर नगरपालिका उपबिजेता भएको छ।
माडी नगरपालिका Vs रत्ननगर नगरपालिका
माडी १ गोल, रत्ननगर ० ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यहाँका तीन वटा सामुदायिक पुस्तकालयमा सञ्चालित दुईवटा परियोजनाले गरेका कामको प्रभावकारिताको बारेमा आइतबार समीक्षा गरिएको छ । रिड नेपाल, पुस्तकालय र जनप्रतिनिधि सहभागी समन्वयात्मक बैठकमा झुवानी, टरौली र सौराहा सामुदायिक पुस्तकालयमा सञ्चालित दियो र ट्याक एज गल्स परियोजनाले गरेका कामको समीक्षा गर्दै स्थानीय सरकारसंगका सहकार्यका विषयमा छलफल गरिएको झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालले जानकारी दिए । रिड नेपनलको सहयोगमा सञ्चालित दियो परियोजना अन्तर्गत सुरक्षित आप्रवासन तथा ट्याक एज गल्स परियोजना अन्तर्गत किशोरीलाई सुचना प्रविधि र नेतृत्व विकासको लागि काम भइरहेको छ । सुरक्षित आप्रवासन अन्तर्गत ५०० बढी युवाहरुलाई सुरक्षित रोजगार सम्बन्धी जानकारी तथा ५५ जना किशोरीहरुलाई सुचना प्रविधि र नेतृत्व विकासको लागि काम गरिएको टरौली सामुदायिक पुस्तकालयका अध्यक्ष सागर मिश्रले जानकारी दिए । कार्यक्रममा रिड नेपालका निर्देशक चिनकाजी श्रेष्ठ र कार्यक्रम अधिकृत साजन थापाले रिड नेपालले पुस्तकालय मार्फत समाज रुपान्तरणका लागि गरेका कामको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सामी परियोजनाका परियोजना संयोजक सुर्य पौडेलले सुरक्षित आप्रबासन र सुरक्षित बैदेशिक रोजगारबारे प्रस्तुती गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले शिक्षामा सरकारको लगानी हुँदाहुँदै पनि नेपालको शिक्षा प्रणाली गलत भएका कारण युवाहरु विदेशिने गरेको बताए । सामुदायिक विद्यालयका एउटा विद्यार्थीलाई बार्षिक १ लाख १३ हजार लगानी भएको छ उनले भने तर हामीले काम गर्नुपर्छ भनेर विद्यालयमा कहिल्यै सिकाएनौं । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा भएको कार्यक्रम नगर शिक्षा अधिकारी नारायण वाग्ले, सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईँ, झुवानी सामुदायिक पुस्तकालयका निर्वतमान अध्यक्ष केशव आचार्य लगायतले मन्तव्य राखेका थिए ।
नेपाल बीमा प्राधिकरण द्वारा आयोजित स्थानीय सरकारसँग बीमा अन्तरक्रिया कार्यक्रम
स्थान : रत्ननगर नगरपालिकाको सभा हल
मिति : २०८० मङ्सिर २४, आइतबार ।
नागरिकता सम्बन्धि विद्यमान ऐन कानुन बिषयक अभिमुखिकरण कार्यक्रम ।
मिति : २०८० मङ्सिर २२ गते शुक्रबार ।
आयोजक : रत्ननगर नगरपालिका विधायन समिति
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता
मिति २०८० मसिर २० गते