FAQs Complain Problems

फोटो ग्यालरी

रत्ननगर । रत्ननगरमा दादुरा–रूबेलाविरूद्धको खोप अभियान सुरू भएको छ । सरकारी अभियानअन्तर्गत सो नगरमा मंगलबारदेखि बालबालिकालाई दादुरा–रूबेलाविरूद्धको खोप लगाउन सुरू गरिएको हो ।

३० गतेसम्म चल्ने सो अभियानअन्तर्गत नगरभित्रका नौ महिनामाथि र १५ वर्षमुनिका २५ हजार ७०० बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।

नेपाल माविमा आयोजित एक औपचारिक कार्यक्रमका बीच रत्ननगरका मेयर प्रलाद सापकोटाले खोप अभियानको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले नगरभित्रका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने भन्दै सतर्क भएर अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार चनाखो रहेको भन्दै उनले

स्वास्थ्य बिमामा अनुदान, उपचारकोष स्थापना तथा अस्पतालहरुमा छूटसम्बन्धी सम्झौता गरिएको बताए ।
बालबालिकालाई खोप लगाउन रत्ननगरमा ४६ स्कुल, १६ वटा स्वास्थ्य संस्था गरी ६२ वटा खोप केन्द्र स्थापना गरिएको छ ।

त्यसका लागि २२० स्वास्थ्यकर्मी र ३३० जना स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।
वडा नं–२ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

रत्ननगर , पौष ११

नगरस्तरिय ज्येष्ठ नागरिक समन्वय समिति रत्ननगर पुनर्गठन गरिएको छ । बुधबार रत्ननगर नगरपालिकाको सभाहलमा ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजीत कार्यक्रममा छविलाल घिमिरेको अध्यक्षतामा १७ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा घेगिया थरुनी, सचिवमा भुवनलाल जोशी, सह सचिवमा सिताराम घिमिरे, कोषाध्यक्ष शिव प्रसाद आचार्य रहेका छन् । समितिको सदस्यहरूमा कपिलामणी पौडेल, नारायण प्रसाद श्रेष्ठ, गोकर्ण अधिकारी, विनोद प्रसाद रिजाल, फोहोरी थरुनी महतो, गोविन्द प्रसाद पाण्डे, भैरव बहादुर पौडेल, कृष्ण प्रसाद पोखरेल, झगलाल गैरे, मन कुमारी मगर, राम बहादुर गुरुङ्ग र प्रेम बहादुर रोका रहेका छन् । कार्यक्रममा नयाँ समितिलाई निवर्तमान भएका अध्यक्ष गोकुलदास श्रेष्ठले बधाई तथा शुभकामना दिंदै समितिका सबैलाई ज्येष्ठ नागरिकको हितमा रहेर कार्य गर्न सुझाब दिए ।

, , , , ,

२०८०/०८/२९

रत्ननगर रक्तसञ्चार इकाईको उद्घाटन सम्पन्न, उद्घाटनको अवसरमा ७७ जनाले गरे रक्तदान ।

रत्ननगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रत्ननगरमा रक्तसञ्चार इकाईको औपचारिक उद्घाटन सम्पन्न भएको छ । पुर्वी चितवनका बिरामीहरुलाई सेवा दिने उद्देश्यले उक्त रक्तसञ्चार केन्द्र संचालन गरिएको हो । उक्त रक्तसञ्चार केन्द्रको उद्घाटनको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन।

सम्पुर्ण रक्तदाता प्रती हार्दिक आभार व्यक्त गर्दछौं ।

(केही प्रतिनिधि तस्बिरहरु)

, , , , , , , ,

 

राजस्व प्रणाली सवलिकरण कार्यक्रम Revenue System Enabling Program (ReSEP) अभिमुखीकरण कार्यक्रम

मिति : २६ मसिर २०८०

प्राबिधिक सहयोगः अलाना इन्टरनेशनल सर्विसेस प्रा.लि. काठमाण्डौँ

आयोजकः रत्ननगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय

, , , , , PRALHAD SAPKOTA, MAYOR, RATNANAGAR CHITWAN, , , , , , , , ,

Pages