FAQs Complain Problems

संक्षिप्त परिचय

परिचय 
नगरपालिकाको पृष्ठभूमि :
                    नेपालको मध्यमाञ्चल विकास क्षेत्र, तेस्रो पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्जसंग जोडियर रहेको रत्ननगर नगरपालिका वसोवास योग्यस्थानको रुपमा चिनिन्छ । नेपालको पूर्व पश्चिम राजमार्ग वीच भागबाट गएकोले सुगमताको दृष्टिले पनि सहज पहुँच रहेको उत्कृष्ट स्थान हो । यो नगरपालिका साविक रत्ननगर नगर उन्मुख गा.वि.स. र पञ्चकन्या गा.वि.स.को पुरै भाग समावेश भै मिति २०५३।१०।११ स्थापना भएको तथा मिति २०७१।८।१६ गतेको नेपाल सरकारको निर्णयले पिठुवा गा.वि.स.र बछौली गा.वि.स.समायोजन पछि विस्तार भएको नगरपालिका विशिष्ठ प्रकारको विशेषताले भरिपूर्ण छ । प्रसस्त उर्वरकृषि भूमि, बरण्डाभार क्षेत्रको जंगल, दुर्लभ वन्यजन्तु र चराहरुको वासस्थान, सिमसार क्षेत्रले शोभायमान र सुन्दर नगरी हो ।   

ऐतिहासिक पृष्ठभूमि नामाकरण :
            शुरुमा आदीवासी थारु समुदायको मात्र वसोवास रहेको औलो रोगको उन्मुलन पछि मात्र अन्य जिल्लाबाट  विभिन्न जातजातीहरु बसाई सरी आई वसोवास गर्न थालेको पाईन्छ हाल यस क्षेत्रमा यहाँका आदीवासी भन्दा अन्य स्थानबाट वसाई सरेर आई वसोवास गर्ने जातजातीको वाहुल्यता रहेको छ । यसरी विभिन्न जिल्लाका भिन्न भिन्न जाती जनजातीहरुको वसोवास रहे पनि सवै समुदाय वीच पारस्परीक सम्वन्ध रहँदै आएको छ । यस क्षेत्रको विषयमा विभिन्न किम्मदन्ती पनि रहदै आएको छ | त्रेता युगमा श्रीकृष्णले गोकुलबाट गाई चराउन ल्याउने क्रममा लौराले घोचेर गाईवस्तुलाई खुवाउने पानी निकालेकोले उक्त ठाऊँलाई लौरी घोल भनेर चिनिन्छ । यसैबाट रत्ननगर हुन गएको भन्ने भनाई पनि रहेको पाइन्छ । शिव पुराण अनुसार अग्निको पत्नि रतीले यसै ठाऊँमा शिवको ध्यान गरी आफ्नो पति वरदान स्वरुप पाई ईच्छा सिद्ध भएकोले उनै रतीको नामबाट रत्ननगर रहन गएको भन्ने मत पनि झिनो रुपमा रहेको छ । तत्कालीन देवौली गाऊ पञ्चायत नामले परिचित यस क्षेत्र तत्कालीन महारानी रत्नराज्यलक्ष्मी शाहको भ्रमणपछि उक्त देवौली गाऊँको नाम परिवर्तन भै रत्ननगर गा.वि.स. हुँदै रत्ननगर नगरपालिका नाम रहन गएको भनाई रहँदै आएको छ । 

 

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस ।