**रत्ननगर नगरपालिका ,नगर ब्यापी समावेशी सरसफाईमा नेपालमा प्रथम हुन सफल**
municipal Association Of Nepal (MuAN) ले काठमाडौमा एक कार्यक्रमका बीच आज सम्मान प्रदान गरेको छ ।सम्मान बापत मिलेको 5000 डलरको धनराशि नगरको स्वच्छता र सरसफाईमा नै खर्चिने छौ ।
रत्ननगर नगरपालिका नगर शिक्षा समितिको आयोजनामा विद्यालय शिक्षाको समीक्षा तथा भावी कार्यदिशा निर्धारणसम्बन्धी बृहत् शैक्षिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षता एवं नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख यादव प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, रत्ननगर नगरपालिका भित्रका २९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक एवं वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको सिमानाको हर्नरी पुलको नयाँ आकर्षक पुल निर्माणको लागि पुर्ब राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्री डा बिश्वनाथ पौडेलज्यु को विशेष पहल र रत्ननगर नगरपालिकाका आदरणीय नगरप्रमुख श्री प्रल्लाद सापकोटा ज्युको सक्रियतामा पुल निर्माणको लागि DPR तयार गरि प्रदेश सचिब ज्युको उपस्थितिमा आज निर्माण स्थल मा स्थलगत अनुगमन कार्य सम्पन्न गरियो।
रत्ननगर नगरपालिकाका स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगरपालिकाद्वारा नगद पुरस्कार सहित सम्मान कार्यक्रम । सन् २०२२ मा मलेसियामा सम्पन्न पाँचौँ जिविन युनिम्याप मलेसिया खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने रत्ननगरका पाँच खेलाडीहरुलाई नगरपालिकाले नगद पुरस्कार सहित सम्मान गरेको छ । तस्वीरमा सम्मानित खेलाडीहरु:
रत्ननगर नगरपालिकामा कर संकलन तथा व्यवसाय दर्ता अभियान सुरु गरिएको छ । चालु आर्थिक बर्षमा राजश्व संकलनको लक्ष्य पुरा गर्न घरलैदो अभियान सुरु गरिएको हो । नगरपालिकाले सुरु गरेको कर संकलन अभियानलाई रत्ननगर उद्योग बाणिज्य संघले समेत साथ दिएको छ । आज मिति २०७९/११/१४ गते वडा नं१० ,बकुलहर देखि सुरु गरिएको यो कार्यक्रम निरन्तर सबै वडाहरुमा चल्ने छ ।
चितवनको रत्ननगरमा दोस्रो रोजगार मेला–२०७९ आयोजना हुने भएको छ । आगामी चैत १० देखि १२ गतेसम्म वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुने भएको हो ।
अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलोपटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालोरूपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच सहमति भएअनुरुप रत्ननगर नगरपालिकाले मेलाको आयोजना गर्ने भएको हो ।
आइतबार रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको अध्यक्षतामा बसेको रोजगार मेला मूल समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा नगरप्रमुख प्रल्हाद सापकोटा, उपप्रमुख यादवप्रसाद पाठक, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, भरतपुर महानगरका नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपाने, भरतपुर महानगरपालिकाका उपप्रमुखका सचिवालय सदस्य आशिष अधिकारीलगायतको उपस्थितिमा बसेको बैठकले सो गरेको हो ।