चितवनको रत्ननगरमा खानेपानी संस्थाहरुको सञ्चालक समितिमा आबद्धहरुको भेलाले खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको रत्ननगर नगरस्तरीय समिति गठन गरिएको छ ।
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्ष केदारप्रसाद चापागाईं, सचिवमा तुलबहादुर रायमाझी, सहचिवमा निरप्रसाद न्यौपाने, कोषाध्यक्ष सरस्वती लामा र सदस्यहरुमा सीता नेपाल, जियनी थरुनी, सीता पन्त, लेखबहादुर भण्डारी, मीना श्रेष्ठ चयन भएका छन् ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ चितवनकी अध्यक्ष र्सिजना बसौला देवकोटाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा उपमेयर यादवप्रसाद पाठक, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, विज्ञ सल्लाहकार रामहरि न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।