चितवनमा अनलाईन प्रणालीबाट नागरिकता सिफारिस गर्ने स्थानीय तह मध्ये रत्ननगर नगरपालिका पहिलो बनेको छ । आज बिहान १० बजे रत्ननगर नगरपालिका वडा नं १० को वडा कार्यालयमा आयोजित अभियान शुभारम्भ कार्यक्रममा नगर प्रमुख प्रलाद सापकोटा र प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबबाट उद्घाटन भएको सो अभियानबाट जनजागृती टोलका सिद्धान्त शर्मा अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस लिने जिल्लाकै पहिलो सेवाग्राही बनेका छन् ।