FAQs Complain Problems

सूचना तथा समाचार

अन्तर्वार्ता सम्बन्धमा |

Supporting Documents: 

पदपुर्ति सम्बन्धि सूचना |

Supporting Documents: 

सुचिकृत सम्बन्धि सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

रत्ननगर नगरपालिका कार्यालय

रत्ननगर, चितवन |

                               सुची दर्ता गराउने सम्वन्धी सूचना |

प्रथम पटक प्रकाशित मिति २०७२।०४।१८

       यस रत्ननगर नगरपालिका कार्यालयका लागि आ.व. २०७२/०७३ मा आबश्यक पर्ने तपसिलमा उल्लेखित खरिद कार्यहरु तथा सेवा प्राप्त गर्नका लागि सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ को नियम १८ को प्रयोजनार्थ मौजुदा सूची (क्तबलमष्लन ष्कित) तयार गर्नु पर्ने भएकाले उक्त कार्य गर्न ईच्छुक ईजाजत प्राप्त फर्म, कम्पनी, सप्लायर्स तथा परामर्शदाताले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र रु.१०।– को टिकट टाँस गरी रित पूर्वकको निवेदन पेश गराउनु हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएकोछ । सूचीकृत गर्नु पर्ने सेवाको विवरण :-

क.सामान खरिद, उपकरण मर्मत तथा आपूर्ति कार्य

१. स्टेशनरी सामानहरु (मसलन्ध) ।

२. छपाई सम्वन्धी कार्यहरु ।

३. पत्र पत्रिका तथा पुस्तकहरु ।

४. निर्माण सामाग्री आपूर्ति सम्वन्धि कार्य ।

५. फर्निचर तथा फिक्चर सम्वन्धि ।

६. ईलेक्ट्रोनिक्स उपकरणहरु (कम्प्युटर, ल्यापटप, प्रिन्टर,टोनर काटिर्ज, फोटोकपी मेशिन, यु.पि.एस.टेलिफोन सेट, आदि आपूर्ति तथा मर्मत समेत) ।

७. सवारी साधन मर्मत (मोटर तथा मोटर साईकल) पार्टपुर्जाहरु आपूर्ति समेत ।

८. साना तिना निर्माण तथा मर्मत सम्भार सम्वन्धी कार्य ।

९. ईलेक्ट्रीकल्स सामाग्रीहरु (सोलार सेट, व्याट्री, सडक वत्ती सामाग्रीहरु आदी)

१०. ह्युम पाईप निकासा सम्वन्धी

ख.सार्वजनिक निर्माण तथा संभार कार्य

१. पूर्वाधारजन्य भौतिक निर्माण (भवन, पुल, कल्भर्ट, सडक, नाला, ढल आदी)

ग. सेवा कार्य

१. सफ्टवेयर र दक्ष जनशक्ति सप्लाई सम्वन्धी ।

२. प्राविधिक तथा कार्यालयलाई आवश्यक अन्य परामर्श सेवा ।

३. विभिन्न तालिम गोष्ठी आदी सञ्चालन

४. सूचना प्रकाशन तथा प्रसारण सम्वन्धी ।

दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु

१. फर्म दर्ता प्रमाण पत्रको छाँया प्रति ।

२. गत आ.व.को कर चुक्ता प्रमाण पत्रका छाँया प्रति ।

३. मु.अ.कर(ख्बत) तथा स्थायीलेखा दर्ता (एबल) प्रमाण पत्रहरुको प्रमाणित प्रतिलिपीहरु संलग्न राखी

४. कालो सूचीमा नपरेको स्वयं घोषणा पत्र ।

माथि उल्लेखित वस्तु तथा सेवा आदीमा प्रत्येक विषयगत छुट्टा छुट्टै दरखास्त दर्ता गराउनु पर्ने छ । रीत नपुगि र म्याद नाघि आएको दरखास्तलाई मान्यता दिईने छैन । प्राप्त दरखास्तहरु स्वीकृत गर्ने नगर्ने अधिकार यस कार्यालयमा निहित हुनेछ । थप जानकारीको लागि खरिद तथा जिन्सी व्यवस्थापन शाखामा सम्पर्क राख्नु होला |

 

प्रमुख एवं कार्यकारी अधिकृत

रत्ननगर नगरपालिका कार्यालय

Pages